विपद् व्यवस्थापनका लागि गरेको मेहनत व्यवहारमा देखियोस् : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २८ जेठ २०८० २१:२५
6
SHARES
विपद् व्यवस्थापनका लागि गरेको मेहनत व्यवहारमा देखियोस् : गृहमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले मातहतका निकायलाई उक्त निर्देशन दिएका हुन्।

‘यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस,’ उनले भने, ‘के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’

कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहोर्‍याउने गरी काम गर्न आग्रह गरे। उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरी तयार पारेर तत्काल लागू गर्न पनि निर्देशन दिए।

पछिल्लो समय तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो खास योजना तयार पार्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए।

प्रकाशित: २८ जेठ २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =