विपद् व्यवस्थापन पूर्वतयारीमा जुटे कञ्‍चनपुरका स्थानीय तह

हिमाल प्रेस २२ मंसिर २०७९ २०:०२
14
SHARES
विपद् व्यवस्थापन पूर्वतयारीमा जुटे कञ्‍चनपुरका स्थानीय तह

धनगढी– कञ्चनपुरका ९ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन्। बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका मञ्च’ को दोस्रो सम्मेलनमा ९ वटै पालिकाका जनप्रतिनिधिले १० बुँदे प्रतिबद्धता गरेका हुन्।

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पालिकाले विपद् जोखिम वित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशील भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोवासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वसूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सञ्चालन र समुदायको पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिबद्धता गरिएको छ।

यस्तै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी जिल्ला तथा स्थानीयस्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने, स्थानीय विकासका योजना निर्माण तथा कार्यान्वयनको क्रममा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपाय प्रवर्द्धन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

प्रकाशित: २२ मंसिर २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =