प्रचण्ड-बाबुरामविरुद्धको रिट सर्वोच्चमा दर्ता

हिमाल प्रेस २८ जेठ २०८० १५:३४
20
SHARES
प्रचण्ड-बाबुरामविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि जेठ २६ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।

माओवादीकै पूर्वबाल सेनासमेत रहेका लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट पेस गरेका थिए।

सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएसँगै आज दर्ता भएको हो। दरपीठपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए।

उक्त रिटको पेसी जेठ ३० गतेका लागि तोकिएको छ। विष्टले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराईसहितका नेताहरूलाई विपक्षी बनाएका छन्।

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =