राष्ट्रिय हितका लागि सरकारले केही गर्न सक्दैन : ओली

हिमाल प्रेस २७ जेठ २०८० १६:३५
2
SHARE
राष्ट्रिय हितका लागि सरकारले केही गर्न सक्दैन : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय हितका लागि केही गर्न नसक्ने बताएका छन्। वर्तमान सरकारले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि केहि पनि गर्न नसक्ने उनले बताएका हुन्।

शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको बताए।

नेपालका नदीहरू भारतलाई सितैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि पनि गर्न नसक्ने उनको भनाइ थियो। एमालेको सरकार परिवर्तन भए पनि दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको उनको भनाइ थियो।

सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको आरोप लगाए।

प्रकाशित: २७ जेठ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =