समाजवादी प्रेस संगठनको निर्वाचन प्रक्रिया सुरु

हिमाल प्रेस २७ जेठ २०८० १३:११
6
SHARES
समाजवादी प्रेस संगठनको निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठनको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबारदेखि जारी महाधिवेशनअन्तर्गत शनिबार (आज) निर्वाचन प्रक्रिया सुरु भएको हो।

निर्वाचनका लागि सबै पदमा मनोनयन सम्पन्न भएको छ। अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी १ सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।

निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत छन्। महाधिवेशनमा ७७ जिल्लाका करिब ४ सय प्रतिनिधि सहभागी छन्।

पार्टी अध्यक्ष माधव नेपालले शनिबार महाधिवेशन उद्घाटन गरेका हुन्। पार्टी गठनकै बेला ०७८ भदौ १० गते पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा संगठन गठन गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =