केही सहकारीको अनुशासनहीनताले सबैलाई विश्वास नगर्ने अवस्था छ : सचिव रेग्मी

हिमाल प्रेस २४ जेठ २०८० १८:२४
2
SHARE
केही सहकारीको अनुशासनहीनताले सबैलाई विश्वास नगर्ने अवस्था छ : सचिव रेग्मी

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा रहेको अनुशासनहीनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था रहेको बताएका छन्।

थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए। गलत काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिनेभन्दा पनि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे।

बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मी भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनुपर्छ। मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ।’

आन्तरिक सुशासनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियान्ता स्वयं तयार हुनुपर्ने उनले बताए। धेरै जस्तो सहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या रहेको उनले बताए।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बचतकर्ताको रकम फिर्ता नदिने सहकारी सञ्चालकलाई कारबाही गरिने बताए। त्यस्तै पूर्वसहकारी सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरू सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताए। ‘सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नहुँदा समस्या बढेको हो, उनले भने, ‘राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहरकारीमा समस्या देखिएको हो।’

प्रकाशित: २४ जेठ २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =