वैदेशिक रोजगारीबाट फर्केकाको पुनर्स्थापना गर्न माग

हिमाल प्रेस २३ जेठ २०८० १८:१६
2
SHARE
वैदेशिक रोजगारीबाट फर्केकाको पुनर्स्थापना गर्न माग

काठमाडौँ- रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा पुनर्स्थापना गर्न माग गरेको छ। फेडेरेसनले मंगलबार विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनर्स्थापना तथा समायोजनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

त्यसका लागि आवश्यक पर्ने ऐन, कानून, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न पनि फेडेरेसनले माग गरेको छ।

रिटर्नीको समष्टिगत व्यवस्थापनका लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न आग्रह गर्दै फेडेरेसनले वैदेशिक रोजगाबाट फर्किएकाको तथ्यांक संकलन गरी उनीहरूको सीप, पूँजी र प्राविधिक ज्ञानको पहिचानसहित श्रमिक तथ्यांक बैंक स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ।

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सरकारीस्तरबाट बर्सेनि रिटर्नीको नाममा रकम विनियोजन हुने तर बिचौलियामार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए। उक्त रकम रिटर्नीकहाँ नपुग्ने भएकाले बीऊपूँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।

विदेश जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त रिटर्नीको सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिँदै फेडेरेसनले रिटर्नी लक्षित नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रममा रिटर्नी प्रतिनिधिको सहभागिता सुनिश्चिता गर्न पनि अनुरोध गरेको छ। रासस

प्रकाशित: २३ जेठ २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =