नागरिकता विधेयक फेरि संसद्‌मा ल्याउनुपर्छ : ओली

हिमाल प्रेस २२ जेठ २०८० १६:३३
22
SHARES
नागरिकता विधेयक फेरि संसद्‌मा ल्याउनुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे फेरि संसद्‌मा छलफल हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

उनले भने, ‘विधेयकलाई फेरि संसद्‌मा ल्याउनुपर्छ। छलफल हुनुपर्छ।’ उनले अहिलेको संसद्ले सभामुख अग्नि सापकोटालाई नचिन्ने पनि बताए। उनले भने, ‘नयाँ सांसदहरूले संसद्‌मा छलफल गर्न पाउनुपर्छ।’ ओलीले प्रधानमन्त्रीलाई तास फिटेजस्तो कुरा नगर्न पनि आग्रह गरे।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। विधेयक प्रमाणीकरण काननु सम्मत नरहेको भन्दै विपक्षी दलले संसद्‌मा विरोध गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विधेयक फेरि  छलफलका लागि ल्याउँदा संसद्का अपमान हुने बताएका छन्।

‘प्रधानमन्त्रीले भारत भ्रमण भद्रगोल देखियो, छेउमा छोरी राखेको छ प्रोटोकल भएन’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =