बजेट पारित हुने कुरा पहिल्यै थाहा थियो : ओली

हिमाल प्रेस १३ असार २०८० १८:०२
4
SHARES
बजेट पारित हुने कुरा पहिल्यै थाहा थियो : ओली

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित हुने जानकारी आफूलाई पहिल्यै थाहा भएको बताएका छन्। उनले तर पनि आफूहरू प्रक्रियामा गएको बताए। अध्यक्ष ओलीले बुधबार संसद्‍ भवनबाट बाहिरिँदै सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले सरकारमाथि संसद्को विश्वास भने घट्दै गएको बताए।  सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत रहे पनि अब ५३ प्रतिशतमा घटेको अध्यक्ष ओलीको भनाइ छ।

यसअघि आजै प्रतिनिधिसभाको बैठकले बहुमतबाट आगामी आवको बजेट पारित गरेको थियो।  मतदान प्रक्रियामा २५५ सांसद सहभागी भएका थिए। बजेटका पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो। पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सत्तारुढ दलले मत हालेका थिए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विपक्षीमा मत दिएका थिए। यसअघि सभामुख देवराज घिमिरेले ध्वनिमतका आधारमा बजेट पारित भएको घोषणा गरेका थिए। त्यसमा एमालेले विमति जनाउँदै विभाजनको प्रक्रियामा जान माग गरेको थियो। एमालेको मागपछि सभामुखले बजेट पारित प्रक्रियालाई मत विभाजनमा लगेका थिए।

सरकारले जेठ १५ गते आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

प्रकाशित: १३ असार २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =