‘प्रधानमन्त्रीले भारत भ्रमण भद्रगोल देखियो, छेउमा छोरी राखेको छ प्रोटोकल भएन’

हिमाल प्रेस २२ जेठ २०८० १५:५५
22
SHARES
‘प्रधानमन्त्रीले भारत भ्रमण भद्रगोल देखियो, छेउमा छोरी राखेको छ प्रोटोकल भएन’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले भद्रगोल देखिएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले भारतीय पक्षसँग कुरा गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी छोरी गंगालाई छेउमा राखेको विषयमा आपत्ति जनाए।

‘प्रधानमन्त्रीले आफ्नो छेउमा छोरी राखेर राम्रो गर्नु भएन। भोलि नाति नातीनी लिएर जानु भए के गर्ने? यस्ता भद्रगोल हुनु भएन.’ उनले भने, ‘त्यहाँ परराष्ट्रमन्त्री हुनुपर्छ, परराष्ट्र सचिव हुनुपर्छ रेकर्ड राख्ने मान्छे हुनुपर्छ। यस्ता कुरामा ध्यान दिनुपर्छ। यो केही छैन। यो तीर्थाटन हो कि फ्यामिली हो कि? धार्मिक भ्रमण हो कि?’

उनले प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरे। उनले बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे।

सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसके बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको दाबीसमेत गरे।

प्रकाशित: २२ जेठ २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =