रास्वपाका सांसद साहले भने : यस्तो परराष्ट्रमन्त्रीको काम छैन, राजीनामा दिएर हिँडे हुन्छ

हिमाल प्रेस २२ जेठ २०८० १४:२९
32
SHARES
रास्वपाका सांसद साहले भने : यस्तो परराष्ट्रमन्त्रीको काम छैन, राजीनामा दिएर हिँडे हुन्छ

काठमाडौँ– प्रतिनिधिसभामा परराष्ट्रमन्त्री एनपी साउदको राजीनामा मागिएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद असिम साहले उनको राजीनामा मागेका हुन्।

‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो। रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो,’ उनले भने, ‘हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ।’

प्रधानमन्त्रीसँगैको भारत भ्रमणमा रहँदा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भारतले संसद्‌मा राखेको नयाँ नक्साबारे नेपाललाई थाहा नभएको बताएका थिए।

आजको संसद्‌ बैठकमा अधिकांश सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर विभिन्न प्रश्न उठाएका छन्।

प्रकाशित: २२ जेठ २०८० १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =