प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

हिमाल प्रेस २९ फागुन २०८० १०:४९
4
SHARES
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

विश्वासको मतबारे निर्णय गर्न आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो।

रास्वपाले मतदानको दिन सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ। रास्वपा चारवटा मन्त्रालयका साथ सरकारमा सहभागी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =