सहरमा आज : ललितकला प्रदर्शनी, ‘बुद्ध र भिखारी’ मञ्चन, विदेशी फिल्मको वर्चस्व

सुस्मिता बजगाईं २० जेठ २०८० ६:३९
90
SHARES
सहरमा आज : ललितकला प्रदर्शनी, ‘बुद्ध र भिखारी’ मञ्चन, विदेशी फिल्मको वर्चस्व

काठमाडौँ– शनिबार बिदाको दिन रमाइलो गर्न चाहनेका लागि उपत्यकाका विभिन्न फिल्म हल, नाटकघर आदि उपयुक्त गन्तव्य हुन सक्छन्। फिल्म हलमा नेपाली, अंग्रेजी र हिन्दी फिल्म प्रदर्शन भइरहेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विभिन्न प्रकारका मूर्तिकार, चित्रकार, कार्टुनिस्ट , फोटोग्राफरलगायतले बनाएका कलाकृतिको राष्ट्रिय ललितकला प्रदर्शनी पनि जारी छ।
राजधानीका कुनकुन ठाउँमा केकस्ता फिल्म, नाटक मञ्चन, पुस्तक विमोचन, ललितकला प्रदर्शनीलगायतका गतिविधि भइरहेका छन् त?

मेरो देश

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज होमियोप्याथिक चिकित्सक डा. लेखनाथ न्यौपानेको पुस्तक ‘मेरो देश’ लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुने छ। भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको यो पुस्तक डा.न्यौपानेको पाँचौँ कृति हो।

यसअघि उनले होमियोप्याथिक चिकित्सा प्रणाली(२०६५), छोरा उपन्यास (२०७०), हराएका अनुहार तथा कथासंग्रह (२०७२), स्वस्थ कसरी रहने (२०७६) गरी चार कृति प्रकाशित गरिसकेका छन्।

राष्ट्रिय ललितकला प्रदर्शनी २०८०

यहि जेठ १५ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ भइरहेको छ। राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा भइरहेको प्रदर्शनी आगामी जेठ ३० गतेसम्म चल्नेछ।

‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शन गरिएको छ। प्रदर्शनीमा छ सय नौ जना कलाकारका छ सय ९५ वटा कलाकृति राखिएको छ। जसअन्तर्गत आधुनिक र परम्परागल चित्रकला, मूर्तिकला विधाका साथै हस्तकला, लोककला, वास्तु तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी, कार्टुन, क्यारिकेचरलगायत विभिन्न विधामा कलाकारले कोरेका कलाकृति प्रदर्शनीमा राखिएको छ।

यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् बबरमहलमा र आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्सालमा राखिएको छ।

जावलाखेलमा स्वदेशी जुत्ता-चप्पल व्यापार मेला

ललितपुरस्थित जावलाखेलमा जेठ १७ देखि ‘स्वदेशी जुत्ता-चप्पल व्यापार मेला’ चलिरहेको छ। नेपाली जुत्ता चप्पल उत्पादक समूहको आयोजना रहेको मेला आगामी असार १७ गतेसम्म चल्नेछ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेलामा ३ हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल राखिएको छ। जसमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ।

बिहान ९ देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा गोल्डस्टार, रोयल सुज, बीएफ डियर हिल, बीएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटीएम र डिजे सुज ब्रान्डका जुत्ता चप्पल राखिएको छ।

मण्डलामा ‘बुद्ध र भिखारी’

थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेदेखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ। नाटक जेठ ३२ सम्म मञ्चन हुनेछ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशन रहेको नाटकको नाट्य रुपान्तरण चेतन आङथुपोले गरेका हुन्।

लोककथामा आधारित नाटक चुलाचुली थिएटरले प्रस्तुत गरेको हो। नाटकमा बेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डव, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनीष मगरलगायतको अभिनय छ।

नाटक प्रत्येक साताको सोमबारबाहेक बेलुका साढे ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

कौसीमा ‘त्रयम्’

टेकुस्थित कौसी थिएटरमा जेठ १२ गतेदेखि नाटक ‘त्रयम’ मञ्चन भइरहेको छ। नाटक जेठ २८ सम्म चल्ने छ। दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक थिएटर भिलेजले निर्माण गरेको हो।

डेरामा बस्दै आएका तीन युवतीको कथा समेटिएको नाटकमा संगीता थापा, रक्षा थापा, पूर्णिमा आचार्य, श्रवण रानामगर र नाथन रायन भण्डारीको अभिनय छ।
नाटक साताको प्रत्येक दिन बेलुकी साढे पाँच बजे सुरु हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त मञ्चन हुँदै आएको छ।

गुरुकुलमा ‘आधा- अपुरो’

थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर) मा नाटक ‘आधा-अपूरो’ मञ्चन भइरहेको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा जेठ ५ गतेदेखि मञ्चन भएको नाटक जेठ २२ सम्म मञ्चन हुनेछ। शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्।

नाटकमा कलाकार रामभजन कामल, मौसम खढ्का, सम्झना भट्टराई, विशाल देवकोटा, सुवास तिमल्सिना, शर्मिला नेपाल, रोशन चन्द, सन्तोष पोखरेलको अभिनय छ।
नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त मञ्चन हुनेछ।

हलमा विदेशी फिल्मको वर्चस्व

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘डाकिनी’, ‘हल्कारा’, ‘ज्याकी’ र ‘जारी’ चलिरहेका छन्।

हिन्दीमा ‘जरा हट्के जरा बच्के’, ‘२०१८-एभ्रिवान इज अ हिरो’, ‘द केरला स्टोरी’, र अंग्रेजीमा ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’, ‘द लिटल म्यारियड’, ‘फास्ट एक्स’, ‘गार्डियन्स अफ द ग्यालक्सी’, प्रदर्शन भइरहेका छन्।

डाकिनी

जेठ ५ गतेदेखि फिल्म ‘डाकिनी’ नेपालका सीमित हलमा प्रदर्शन भइरहेको छ। खिन्से नोर्बु ‘जोङसार खिन्से रिम्पोछे’को निर्देशनमा बनेको फिल्म ड्रामा जनरामा बनेको छ।
भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य भूमिका रहेको फिल्ममा नेपाली कलाकार कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।

म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

हल्कारा

‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन भइरहेको छ। विक्रम सापकोटाको लेखन र निर्देशन रहेको फिल्म कमेडी जनरामा बनको छ। फिल्ममा गाउँमा चिठी पुर्‍याउने हल्काराको कथा छ।

महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका रहेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
उपत्यकामा सीडीसी सिनेमाज र विश्वज्योति सिनेप्लेक्समा फिल्मको एक सो छ।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभर फिल्म हलमा ‘ज्याकी :  आई एम ट्वान्टी वान’ प्रदर्शन भइरहेको छ। रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायतको अभिनय छ।

शनिबार उपत्यकामा वान सिनेमाज अन्तर्गत कालिमाटी ट्रेड सेन्टरमा फिल्मको एक सो छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हलमा ‘जारी’ चलिरहेको छ।

जरा हट्के जरा बच्के

हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ जेठ १९ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा विक्की कौशल, सारा अलि खान, मेघा अग्रवाललगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, राइजिङमलस्थित क्यूएस सिनेमाज, बीएसआर मुभिजमा फिल्म ‘जार हट्के जरा बच्के’ फिल्म चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अनुपम मलस्थित सिके सिनेमाज, बिग मुभिज, अष्टनारायण हल, विश्वज्योति सिनेप्लेक्स ‘जरा हड्के जरा बच्के’ चलिरहेका अन्य हल हुन्।

२०१८- एभ्रिवान इज अ हिरो

१ जुन अर्थात् जेठ १८ गतेदेखि नेपालमा फिल्म ‘२०१८-एभ्रिवान इज अ हिरो’ प्रदर्शन भइरहेको छ। ड्रामा तथा थ्रिलर जनरामा बनेको फिल्म हिन्दीमा डबिङ गरिएको छ।
जुड एन्थेनी जोसेफले निर्देशन गरेको फिल्ममा टोभिनो थोमस, कुन्चाको बोबन, असिफ अली, विनिथ श्रीनिवासन, अर्पणा बालमुरली, तन्वी राम, शिवदा नायर, गौथमी नायरलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत लबिम मल र दरबार सिनेम्याक्सान फिल्मको सो छ। वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अष्टनारायण हलमा फिल्म ‘२०१८- एभ्रिवान इज अ हिरो’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘२०१८- एभ्रिवान इज अ हिरो’ चलिरहेका अन्य हल हुन्।

द केरला स्टोरी

हिन्दी फिल्म ‘द केरला स्टोरी’ वैशाख २२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सुदिप्तो सेन हुन्। कमेडी जनरामा बनेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धी इदनानीलगायतका कलाकार छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर, सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा ‘द केरला स्टोरी’ प्रदर्शन भइरहेको छ।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर- भर्स

जेठ १९ गतेदेखि नेपालका विभिन्न हलमा हलिउड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ चलिरहेको छ।

फिल्ममा समिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, राइजिङमलस्थित क्यूएस सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा हलियुड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिज, अष्टनारायण हल, विश्वज्योति सिनेप्लेक्समा पनि यो फिल्म चलिरहेको छ।

द लिटल मर्मेड

अंग्रेजी फिल्म ‘द लिटल मर्मेड’ जेठ १२ गतेदेखि नेपालका विभिन्न हलमा चलिरहेको छ। हलिउडको म्युजिकल फिल्म एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक रब मार्सल हुन्। फिल्ममा हेल्ली बेली, जोनाह हाउर किङ, डेभिड डिग्सलगायत कलाकारले अभिनय गरेका छन्।

आज उपत्यकामा रहेको क्यूएफएक्सअन्तर्गतका भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, लबिम मल र दरबार सिनेक्याक्समा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत आइप्लेक्स मल, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिजमा ‘द लिटल मर्मेड’ प्रदर्शनरत छ।

फास्ट एक्स

अंग्रेजी फिल्म ‘फास्ट एक्स’ जेठ ५ गतेदेखि नेपाली हलमा प्रदर्शन जारी छ। लुइस लेटरियरको निर्देशनमा रहेको फिल्ममा विन डिजेल, मिसेल रोड्रिग्वेज, जेनस मोमोआ, जोन सेनालगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

त्यस्तै एफक्यूब सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा ‘फास्ट एक्स’ चलिरहेको छ।

गार्डियन्स अफ द ग्यालक्सी

मे ५ अर्थात् वैशाख २२ गतेदेखि नेपालका हलमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी’ प्रदर्शनरत छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, विन डीजललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, लबिम मल र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =