सुनकोसीमा बेपत्ता सीटीईभीटीका तीनै जना कर्मचारी भेटिएनन्

हिमाल प्रेस १९ जेठ २०८० २१:००
72
SHARES
सुनकोसीमा बेपत्ता सीटीईभीटीका तीनै जना कर्मचारी भेटिएनन्

काठमाडौँ- गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन जना कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन। शुक्रबार दुर्घटना भएलगत्तै खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटे पनि उनीहरूको अवस्था पत्ता लागेन।

सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले अब खोजी कार्य शनिबार बिहानैदेखि सुरु हुने जानकारी दिए। शुक्रबार मध्याह्न करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो।

गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए। गाडी चालक भने पौडी खेलेर उत्रिएका छन्। टाउको र अनुहारमा चोट लागेको उनको उपचार जारी छ।

जिपसहित बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न एपीएफको गोताखोर टोली सुनकोसीमा

प्रकाशित: १९ जेठ २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =