सीटीईभीटीका निर्देशक र अधिकृत सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

हिमाल प्रेस १९ जेठ २०८० १३:१३
24
SHARES
सीटीईभीटीका निर्देशक र अधिकृत सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

काठमाडौँ– मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जिप सुनकोशी नदीमा खसेको छ। शुक्रबार (आज) नदीमा जिप खस्दा जिपमा सवार ३ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा. १ झ ७४६७ नम्बरको जिप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो।

जिपमा ४ जना सवार रहेको र १ जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी ३ जनाको अवस्था अज्ञात रहेको उनले जानकारी दिए। गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन। बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनको भनाइ छ।

बेपत्ता हुनेमा योजना शाखा निर्देशक कृष्णबहादुर केसी, नीति निर्माण तथा योजना निर्देशक यामप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल रहेको सीटीभीटीका उपमध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित: १९ जेठ २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =