बाँकेमा कार र बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

हिमाल प्रेस १६ जेठ २०८० २०:५९
78
SHARES
बाँकेमा कार र बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

सुर्खेत- बाँकेको राप्ती सोनारी गाउँपालिका-८ मा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको कार र पूर्वतर्फ जाँदै गरेको बस आपसमा ठोकिँदा बा १३ च ८२५३ नम्बरको कारमा सवार वीरेन्द्रनगर–७ निवासी ५४ वर्षीय डा. सन्जु खाती र सवारी चालक ३७ वर्षीय सुवास अधिकारीको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले बताएको छ।

डा. खाती वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्। मे १ ख ३३३५ नम्बरको बस पूर्व जाँदै गरेको अवस्थामा राप्ती सोनारी- ८ मा नेपाली सेनाको ब्यारेकको पूर्वतर्फको सडकमा आपसमा ठोकिएका थिए। बसमा यात्रा गर्नेहरू सकुशल छन्।

प्रकाशित: १६ जेठ २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =