संस्कृतभित्र लुकेको ज्ञानलाई बाहिर ल्याउनुपर्छ : अध्यक्ष अधिकारी

हिमाल प्रेस १४ जेठ २०८० ११:०४
118
SHARES
संस्कृतभित्र लुकेको ज्ञानलाई बाहिर ल्याउनुपर्छ : अध्यक्ष अधिकारी

काठमाडौँ– ज्योतिषमा प्रविधिको प्रयोग तथा शिक्षण सामाग्रीको उपयोग विषयक दुइदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा वाल्मीकि विद्यापीठको सभाहलमा गोष्ठी सम्पन्न भएको हो।

बिहीबारदेखि दुई दिनसम्म चलेको गोष्ठीको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले संस्कृतभित्र लुकेको ज्ञानलाई बाहिर ल्याइनुपर्ने बताए। संस्कृत शिक्षाको विकासप्रति सरकारका साथै सम्बद्ध सबैको सद्भाव रहेको उनको भनाइ छ।

विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीले विश्वविद्यालयसँगै ज्योतिष शिक्षण पनि प्रविधिमैत्री हुनुपर्ने बताए। अबको केही समयमै विश्वविद्यालय डिजिटल युगमा प्रवेश गर्न लागेको उल्लेख गर्दै ज्योतिषशास्त्रको शिक्षण सिकाइ पनि आधुनिक र प्रयोगात्मक तरिकाबाट गर्नुपर्नेमा उनले जोड दिए।

विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको र यस क्षेत्रलाई गुणात्मक ढंगबाट पनि विस्तार गर्नुपर्ने धारणा राखेका छन्।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ‘शास्त्रीस्तरीय ज्योतिष शिक्षण र शिक्षण सामग्री’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सिद्धान्त ज्योतिष र फलित ज्योतिषमा पढाइ हुने विभिन्न विषयहरूलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै शिक्षण विधि र सामग्रीको उपयोग गरेर शिक्षण गर्नुपर्ने उल्लेख गरे।

वाल्मीकि विद्यापीठका उपउ्राध्यापक डा.नारायणप्रसाद निरौलाले ज्योतिषमा प्रविधि शीर्षकको कार्यपत्र प्रस्तुत गर्दे प्रविधिले फड्को मारेको अहिलेको युगलाई स्मरण गराउँदै ज्योतिषशास्त्रलाई पनि नयाँ प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको औंल्याए।

ज्योतिष विभागका अध्यक्ष प्रा.डा. धनेश्वर नेपालले मानव जीवनमा ग्रहको प्रभाव र महत्त्व, कार्यक्रमका संयोजक प्रा.डा. जयन्त आचार्यले ज्योतिषमा धूपघडीको उपयोगिता, कालिका संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव भट्टराईले अधिमास क्षयमास विवेचना र उपप्राध्यापक तनुजा दाहालले जातकशास्त्रको शिक्षण विधि र समस्याहरू शीर्षकको कार्यपत्र प्रस्तुत गरे।

हरि पौडेल, डा.पुरुषोत्तम भट्टराई,अम्बरराज ढकाल, गोविन्द सापकोटा, शिवशंकर मण्डललगायतले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेको उनले बताए। प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्नेलगायत विषयमा गोष्ठी केन्द्रित रहेको उनको भनाइ छ।

कार्यशाला गोष्ठीमा करिब १० वटा कार्यपत्र प्रस्तुत भएका कार्यक्रमका संयोजक एवम् खगोलविद् प्रा.डा. जयन्त आचार्यले जानकारी दिए।

प्रकाशित: १४ जेठ २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =