नेपालको वैदेशिक व्यापार : १३ खर्बको आयात, १ खर्बको निर्यात

हिमाल प्रेस १० जेठ २०८० १८:४७
2
SHARE
नेपालको वैदेशिक व्यापार : १३ खर्बको आयात, १ खर्बको निर्यात

काठमाडौँ- नेपालको वैदेशिक व्यापार घाटा १० महिनामा १२ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ व्यापार घाटा पुगेको हो।

उक्त व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.८५ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ बराबर रहेको थियो।

चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७८ प्रतिशतले कम हो। गत वर्षको सो अवधिमा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट हुने निर्यात साढे २४ प्रतिशतले घटेको छ। साउनदेखि वैशाखसम्म १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

गत वर्षको सोही अवधिमा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ९१ रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९ रुपैयाँ बराबरको निर्यात भएको छ।

प्रकाशित: १० जेठ २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =