नेकपा एसले इटहरीमा भ्रष्टाचारविरुद्ध रिले अनशन गर्ने

हिमाल प्रेस ८ जेठ २०८० १०:२१
6
SHARES
नेकपा एसले इटहरीमा भ्रष्टाचारविरुद्ध रिले अनशन गर्ने

इटहरी– नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका सबै खालका भ्रष्टाचारविरुद्व नेकपा एकीकृत समाजवादी मोर्चा संगठनले इटहरीमा रिले अनशन बस्ने घोषणा गरेको छ।

मोर्चा संगठन प्रदेश कमिटिको बैठकले प्रदेशमा क्रियाशील सबै जनसंगठनको सहभागिता इटहरीमा जेष्ठ ९ गते बिहान ८ बजेबाट रिले अनशन बस्ने निर्णयसहित घोषणा गरेको पार्टीका सुनसरी उपसचिव तथा युवा इन्चार्ज राजेश भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार पार्टी केन्द्रीय सदस्य तथा मोर्चा संगठनका प्रदेश प्रमुख केशव विष्टको अध्यक्षतामा प्रदेश पार्टी कार्यालय इटहरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। रिले अनशन प्रत्येक दिन ३ बजेदेखि विभिन्न वक्ताहरूको मन्तव्यसहित भ्रष्टाचार विरोधी सांस्कृतिक कार्यक्रम पनि रहेको छ।

अनशनको पहिलो दिन अनेमसंघले सञ्चालन गर्नेछ। १२/१२ घण्टाको सिफ्टमा अनशन सञ्चालन हुने र एउटा सिफ्टमा न्यूनतम ६ जना र बढीमा १० जना सम्मको संख्या रहने भण्डारीले बताए। जेठ १० गते बुद्धिजीवी, ११ गते ट्रेड युनियन, १२ गते युवा संघ, १३ गते पेशागत महासंघ, १४ गते भूपू सैनिक तथा प्रहरी र १५ गते दलित मुक्ति संगठनले अनशन सञ्चालन गर्ने कार्यक्रम निर्धारण भएको बताइएको छ।

१५ गतेपछि पनि अनशन निरन्तर सञ्चालन हुनेछ। सुनसरी मोर्चा संगठनको संयोजन र इटहरी पार्टी कमिटिको व्यवस्थापन रहने उनको भनाइ छ।

प्रकाशित: ८ जेठ २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =