आजको मौसम : हावाहुरीसहित वर्षा हुने, चट्याङको सम्भावना

हिमाल प्रेस ८ जेठ २०८० ७:४६
10
SHARES
आजको मौसम : हावाहुरीसहित वर्षा हुने, चट्याङको सम्भावना फाइल तस्बिर।

काठमाडौँ– नेपालमा सोमबार हावाहुरीसहित वर्षा हुने र चट्याङ पर्नसक्ने मौषमको पूर्वानुमान गरिएको छ। नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौषममा बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश का थोरै र मधेश प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ८ जेठ २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =