आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

हिमाल प्रेस ७ जेठ २०८० ७:१९
4
SHARES
आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज (आइतबार) देखि नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

 

प्रकाशित: ७ जेठ २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =