दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

हिमाल प्रेस ११ फागुन २०८० ७:१७
14
SHARES
दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची फाइल तस्बिर

काठमाडौँ- आज बिहान ११ बने संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दैछ। प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद्का महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा सो कुरा उल्लेख छ।

बिहीबार बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगेपछि आजसम्मका लागि स्थगित भएको हो। यसैगरी आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य  स्वच्छता तथा गुणस्तर विधेयकसबन्धी समितिको प्रतिवेदन २०८०’ पेस गर्नेछिन्।

अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी आज ११ बजे राष्ट्रियसभा बैठक पनि बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठकमा बस्नेछ। बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्नेसबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्।

अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभा समक्ष पेस गर्नेछन् भने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायक व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायनसबन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् साथै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने महासचिव पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

प्रकाशित: ११ फागुन २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =