प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

हिमाल प्रेस १८ फागुन २०८० ६:३७
14
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची फाइल तस्बिर

काठमाडौँ- आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

संसद् सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको जानकारी दिने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन् भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन्।

त्यसैगरी अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘भन्सार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक-२०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: १८ फागुन २०८० ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =