प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

हिमाल प्रेस २७ चैत २०८० १३:३३
10
SHARES
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे छ।

सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन्।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसद आ-आफ्नो स्थानमा उठेका थिए।

कांग्रेसले सहकारीमा बचत रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रकाशित: २७ चैत २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =