लिङ्देनको आरोप- ठूला दलहरूबीच नै जनता बेच्‍ने सहमति

हिमाल प्रेस ४ जेठ २०८० १६:२८
36
SHARES
लिङ्देनको आरोप- ठूला दलहरूबीच नै जनता बेच्‍ने सहमति फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्। बिहीबार काठमाडौँमा राप्रपाले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको उनको भनाइ छ। विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोड बलमा र विदेशीहरूको चासोमा अगाडि बढेको उल्लेख गरे।

यो काण्डको पूर्णअनुसन्धान नभईकन फाइल अदालतमा जाने दिशामा रहेको उनले जनाए। भ्रष्टाचारमा सग्लन कुनै पनि मानिसहरूले उन्मुक्ती पाउनु नहुने उनले बताए।

ठूला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठूला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि टुंगो लाग्न नसकेको उनको भनाइ छ।

शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको उनले उल्लेख गरे।

यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सवैलाई कडा भन्दा कडा सजाय दिन उनले माग गरे।

राप्रपाको नेतृत्वमा नै हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनले जिकिर गरे। कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको उनले दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =