चोरीपैठारीको लत्ताकपडा रुपन्देहीबाट बरामद

हिमाल प्रेस ३ जेठ २०८० १७:३८
16
SHARES
चोरीपैठारीको लत्ताकपडा रुपन्देहीबाट बरामद

बुटवल– रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट जेठ ३ गते सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रूपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अवैध रूपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी) ले बरामद गरेको हो।

सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरू भने फरार रहेको प्रहरीले जनाएको छ। बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरी नायव उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३ जेठ २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =