ट्रयाक्टरबाट खसेर दुई बालिकाको मृत्यु

हिमाल प्रेस ३ जेठ २०८० १२:०६
16
SHARES
ट्रयाक्टरबाट खसेर दुई बालिकाको मृत्यु ट्रयाक्टरबाट झरेर दुई बालिकाको मृत्यु भएको दुर्घटनास्थल र दुर्घटनाग्रस्त ट्रयाक्टर, तस्बिर : फेसबुक

पाँचथर- ट्रयाक्टर चढेर विद्यालय गइरहेका दुई विद्यार्थीको पाँचथरमा दुर्घटनामा परेर मृत्यु भएको छ।

मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

मृत्यु हुनेमा १३ बर्षीया पुजना सुवेदी र ९ बर्षीया गंगा सुवेदी रहेको प्रहरीले जनाएको छ। ड्राइभर सिटको छेउमा रहेको दुई विद्यार्थी ट्रयाक्टरबाट झरेपछि ट्याक्टर किचेर मृत्यु भएको कुँवरको भनाइ छ।

विद्यालय जाने क्रममा ११ जना विद्यार्थी ट्रयाक्टरमा चढेका थिए। उनीहरूमध्ये २ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने चालक र सहचालक फरार छन्।

प्रकाशित: ३ जेठ २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =