निर्वाचनपछि पहिलो पटक ‘मिनी संसद्’ बस्दै, १० समितिकै बैठक एकैपटक

हिमाल प्रेस २ जेठ २०८० ६:३३
8
SHARES
निर्वाचनपछि पहिलो पटक ‘मिनी संसद्’ बस्दै, १० समितिकै बैठक एकैपटक

काठमाडौँ- मंसिर ४ पछि पहिलो पटक आज ‘मिनी संसद्’ बैठक बस्ने भएका छन्। संसद्का १० वटै समितिको बैठक आजलाई बोलाइएको छ। आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका हुन्।

जसअनुसार संघीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ। सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ।

अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन।

ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रूपमा परिचय आदान प्रदान हुने र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रकाशित: २ जेठ २०८० ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =