रोजगारीका लागि बसाइँ सर्नेको संख्या उच्च

हिमाल प्रेस १ जेठ २०८० २१:३३
78
SHARES
रोजगारीका लागि बसाइँ सर्नेको संख्या उच्च काठमाडौँ उपत्यका र गुल्मीको ठूलोलुम्पेक गाउँको कोलाज तस्बिर।

काठमाडौँ- वैवाहिक सम्बन्धका कारण बसाइँ सर्नेको संख्या उच्च रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको बसाइँ सराइसम्बन्धी विवरणअनुसार सबैभन्दा बढी बसाइँ सराइ वैवाहिक सम्बन्धका कारण रहेको पाइएको हो।

जनगणना भएको स्थानमा बसोबास गर्न आउनुका कारणबारे सोधिएको प्रश्नमा वैवाहिक सम्बन्धका कारण बसाइँ सरेको जवाफ दिनेको संख्या उच्च छ।

वैवाहिक सम्बन्धका कारण बाइँ सर्नेको संख्या ३८.२ प्रतिशत रहेको छ। कार्यालयका अनुसार कुल ९३ लाख ४१ हजार ४ सय ८ जना बसाइँ सराइ गरेर अन्यत्र बसिरहेका छन्। सोमध्ये ३५ लाख ६७ हजार ९ सय २१ जनाले वैवाहिक सम्बन्धका कारण बसाइँ सरेको बताएका छन्।

यद्यपि वैवाहिक कारणले बसाइँ सराइ भएको बताउनेमा ठूलो हिस्सा महिलाको छ। विहे गरेपछि महिलाले जन्मथलो छाडेर बस्नुपर्ने प्रचलनअनुसार वैवाहिक सम्बन्धका कारण बसाइँ सर्नेको संख्या उच्च रहेको तथ्यांकले देखाउँछ। कार्यालयकाअनुसार ३५ लाख २३ हजार ९ सय ५८ जना महिलाले वैवाहिक सम्बन्धका कारण बसाइँ सरेको बताएका छन्।

त्यस्तै रोजगार पाउने आशाले बसाइँ सर्नेको संख्या दोस्रो ठूलो रहेको कार्यालयले उल्लेख गरेको छ। रोजगारीका लागि बसाइँ सर्नेको संख्या १५.२ प्रतिशत रहेको छ। १४ लाख १५ हजार ३ सय ४५ जनाले रोजगारीका कारण बसाइँ सरेको जवाफ दिएको कार्यालयको विवरणमा उल्लेख छ। त्यसमा पुरुषको संख्या १० लाख ४ हजार ३ सय ७० जना र महिलाको संख्या ४ लाख १० हजार ९ सय ७५ जना रहेको छ।

त्यस्तै आमाबुवासँग आश्रित भएर बसाइँ सर्नेको संख्या पनि उच्च छ। कार्यालयका अनुसार आश्रित भएर बसाइँ सर्नेको संख्या १९.५ प्रतिशत छ। १८ लाख २५ हजार १२ जनाले आश्रित आमाबुवासँग वा छोराछोरीसँग आश्रित भएका कारण बसाइँ सरेको बताएका छन्। त्यसमा ७ लाख ९५ हजार ५ सय ८८ जना पुरुष र १० लाख २९ हजार ४ सय २४ जना महिला रहेका छन्।

असन्तुलित जनसंख्या

बसाइँ सराइले उदांगिएको गाउँ

लुम्बिनी : गाउँमा सिंहदरबार, सहरमा मानिस 

गाउँमा दु:ख न मान्छे

थातथलो छाड्दै गाउँले

प्रकाशित: १ जेठ २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =