निजी क्षेत्रको सुझावअनुसार बजेट ल्याए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

हिमाल प्रेस १ जेठ २०८० २०:१६
10
SHARES
निजी क्षेत्रको सुझावअनुसार बजेट ल्याए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

लुम्बिनी- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक संकट समाधानका लागि निजी क्षेत्रको सुझावअनुसार बजेट ल्याउनुपर्ने बताएका छन्। अर्थमन्त्रालयले उद्योगी व्यवसायीहरूले दिएका सुझावलाई मनन गरी आगामी आर्थिक वर्षको बजेट ल्याएमा अर्थतन्त्र सुधार हुने उनले बताएका हुन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको २९औँ परिषद् सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा देशको खस्कदो अर्थतन्त्र सुधारका लागि महासंघले अर्थमन्त्रालयलाई सुझाव दिइसकेको र त्यसलाई कार्यान्वयन गरी बजेट ल्याउन अपरिहार्य रहेको बताए। ‘आर्थिक क्राइसिसको कुनै एकपक्ष मात्रै जिम्मेवार रहदैन,’ उनले भने, ‘नीजि क्षेत्रको सुझाव ग्रहण गरेर अर्थतन्त्र सुधार्न सरकारसँग मेरो अनुरोध छ।’

उनले बुटवल तथा रुपन्देही विभिन्न सम्भावना बोकेका क्षेत्र रहेको बताउँदै आफू पनि केबलकारबाट यस क्षेत्रको व्यवसायमा पाइला टेकेको बताए। ढकालले बसन्तपुरमा केबलकार सञ्चालन परियोजना अघि बढाएका छन्।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक अवस्था सुधार गर्नेगरी कार्यक्रमहरू संघीय सरकारले नै ल्याउनुपर्ने बताए। उनले कुनै एउटा क्षेत्रको मात्रैभन्दा पनि देशकै आर्थिक अवस्था निकै कमजोर भएकाले उद्योगी व्यवसायीहरूले पहिले नै सुझाव दिएको बताए।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई लुम्बिनी प्रदेशको राजधानी सर्दा केही घाटा लागे पनि त्यसको परिपूर्ती हुने खालका कामहरू भइरहेको बताए। बाहिर समस्याहरूमात्रै सुनाउनुभन्दा समाधानका उपाय लिएर उपमहानगरमा आए समस्या समाधान हुने बताए।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य उज्ज्वलप्रसाद कसजूले पछिल्लो समय बुटवलमा आर्थिक गतिविधि केही कम भए पनि यसलाई बढाउन विभिन्न पहलहरू भइरहेको बताए।

उनले बुटवल आर्थिक र व्यापारिक केन्द्र रहेकाले यहाँका उद्योगी व्यवसायीहरूलाई आशा जगाउने गरी सरकारले काम गर्नुपर्ने बताए।

प्रकाशित: १ जेठ २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =