‘भगवत् गीता’ भदौ २९ मा प्रदर्शन हुने

हिमाल प्रेस १ जेठ २०८० १५:४३
4
SHARES
‘भगवत् गीता’ भदौ २९ मा प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते प्रदर्शन हुने भएको छ। प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की र सुहाना थापा मुख्य भूमिकामा छन्। फिल्ममा धीरज मगर, कवीर खड्का, अनुराग कुँवरलगायतको अभिनय छ।

यसअघि फिल्म निर्माण टिमले वैशाख १ गते प्रदर्शन मिति तोकेका थिए। कलाकारहरूको छनोट र छायांकन ढिला भएको भन्दै फिल्म प्रदर्शन हुन सकेन।

झरना थापाको निर्देशनमा बनेको फिल्म नायिका सुहाना थापाकै होम प्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा बनेको छ। अर्को नेपाली फिल्म ‘नांगो गाउँ’ र बलिउड फिल्म ‘जवान’ पनि सोही मितिमै प्रदर्शनको तयारीमा छन्।

प्रकाशित: १ जेठ २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =