सांसद रायमाझीले भनिन् : विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको श्रमशोषण भएको छ

हिमाल प्रेस १ जेठ २०८० १४:०४
1.5k
SHARES
सांसद रायमाझीले भनिन् : विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको श्रमशोषण भएको छ

काठमाडौँ– नेकपा एमालेकी सांसद बिजुला रायमाझीले विद्यालयको बालविकास कक्षामा कार्यरत (ईसीडी) शिक्षकले न्युनतम पारिश्रमिकमा काम गर्नुपरेको बताएकी छन्। प्रतिनिधि सभा संसद बैठकका बोल्दै सांसद रायमाझीले विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको श्रमसोषण भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

नेपाली जनताको स्वास्थ्य, शिक्षा, रोजगारीको अवस्थामा सुधार ल्याउनुपर्ने बताउँदै सांसद रायमाझीले माइतिघर मण्डलमा आन्दोलनरत विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको श्रमशोषण भएको र यस प्रति सरकारको गम्भीर बन्नुपर्ने बताइन्।

विद्यालयका कर्मचारी र वालबालिकाको भविष्यसँग जोडिएका शिक्षकलाई उचित पारिश्रमिक दिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्। ईसीडी शिक्षकलाई सरकारले केन्द्रबाट दश हजार र स्थानीय पालिबाट ७ हजार पारिश्रमिक दिदैँ आएको छ। ईसीडी शिक्षकले पालिकाले पारिश्रमिक नदिएको र केन्द्रबाटै उपलब्ध दश हजार पारिश्रमिकका भरमा मात्रै काम गर्नुपरेको गुनासो गर्दै आएका छन्।

प्रकाशित: १ जेठ २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =