‘सरकारले गलत गरे साथ दिन सकिँदैन’

हिमाल प्रेस ३० वैशाख २०८० १८:४८
4
SHARES
‘सरकारले गलत गरे साथ दिन सकिँदैन’ मोर्चाका संयोजक माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गल्ती गरे साथ दिन नसकिने बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले राम्रो काम गरिरेको बताउँदै उनले गलत गर्न खोजे साथ दिन नसकिने बताएका हुन्।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म राम्रो काम गरेकाले साथ दिइरहेको बताए।

गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ थियो। उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने नेपालले बताए।

देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरू नै संलग्न हुनु लाजमर्दो कुरा भएको उनले बताए। अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेको पनि बताए। त्यस्तोमा सचेत गराउन पार्टीको कर्तव्य रहेको उनको भनाइ थियो।

उहाँले अहिले पनि नेकपा ब्युँताउन तयार रहेको भन्दै एमाले अध्यक्ष केपी ओली सच्चिएर आए एकै ठाउँ बस्न सकिने बताए।

प्रकाशित: ३० वैशाख २०८० १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =