निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता संविधानविपरीत : कमल थापा

हिमाल प्रेस २९ वैशाख २०८० १६:०३
74
SHARES
निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता संविधानविपरीत : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुरानै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरता संविधानको भावनाविपरीत भएको बताएका छन्। आज (शुक्रबार) ट्वीटरमा लेख्दै उनले सो विधेयक निष्क्रिय भइसहेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसद्मा पेश गर्नुपर्ने बताएका हुन्।

‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक एवं संविधानको भावनाविपरीत छ,’ उनले लेखेका छन्, ‘सो विधेयक निस्क्रिय भैसकेको छ।आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेस गर्नुपर्छ।’

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे कानुनविद्सँग परामर्श गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा नागरिकता विधेयक दुवै सदनबाट पास हुँदा पनि प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सरकारले फेरि नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ।

 

प्रकाशित: २९ वैशाख २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =