‘डाकिनी’ जेठ ५ मा प्रदर्शन हुने

हिमाल प्रेस २८ वैशाख २०८० १५:२५
4
SHARES
‘डाकिनी’ जेठ ५ मा प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘डाकिनी’ आगामी जेठ ५ मा प्रदर्शन गरिने भएको छ।

फिल्म षट्कोण आर्ट्सले प्रदर्शन गर्न लागेको हो। बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले फिल्मको निर्देशन गरेका हुन्।

भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य भूमिका रहेको फिल्ममा नेपाली कलाकार कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायतको अभिनय छ।

निर्माण टिमका अनुसार फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ।

म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्म नेपालका सीमित हलहरूमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =