जेठ ५ देखि गुरुकुलमा ‘आधा-अपूरो’ मञ्चन हुने

हिमाल प्रेस २६ वैशाख २०८० ११:४०
200
SHARES
जेठ ५ देखि गुरुकुलमा ‘आधा-अपूरो’ मञ्चन हुने

काठमाडौँ- नाटक ‘आधा-अपूरो’ मञ्चन हुने भएको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटकको मञ्चन हुन लागेको हो।

शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्। नाटक थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर)मा आगामी जेठ ५ गतेदेखि जेठ २२ सम्म मञ्चन हुनेछ।

निर्देशक पोखरेलले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नाटकको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

प्रकाशित: २६ वैशाख २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =