रुकुम पूर्वमा म्याद नाघेका वस्तु नष्ट

हिमाल प्रेस २५ वैशाख २०८० २१:३९
2
SHARE
रुकुम पूर्वमा म्याद नाघेका वस्तु नष्ट

रुकुम- रुकुम पूर्वमा बजार अनुगमन गरिएको छ। सिस्ने गाउँपालिका–५ स्थित कमल दह क्षेत्रमा बजार अनुगमन गरिएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रूपमा होटेल तथा पसलहरूको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा ८ हजार ५ सय ६६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान नष्ट गरिएको छ। ६ वटा होटेल र ८ वटा पसलमा अनुगमन गर्दा दालमोठ, कोकाकोला, आटा, जिरा, पापड, हुक्का फ्लेबरलगायत म्याद गुज्रिएको सामान फेला परेको हो।

अनुगमनका क्रममा होटेल तथा पसलहरूमा मूल्यसूची नराखेको पाइएको छ। होटेल तथा पसल व्यवसायीहरूलाई मूल्यसूची राख्न निर्देशन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्र जिल्लाको विभिन्न ठाउँमा गरी ८ पटक अनुगमन गरिएको निमित्त प्रजिअ हिरालाल आचार्यले बताए।

घरेलु तथा साना उद्योग कार्यालय र गाउँपालिकाहरूले पनि बजार अनुगमन गरिरहेका छन्। रासस

प्रकाशित: २५ वैशाख २०८० २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =