असोज १ देखि चाडबाड लक्षित बजार अनुगमन

हिमाल प्रेस १९ भदौ २०८० १६:१५
10
SHARES
असोज १ देखि चाडबाड लक्षित बजार अनुगमन

काठमाडौँ- सरकारले असोज १ गतेदेखि चाडबाडलाई लक्षित गरेर बजार अनुगमन गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा उपभोक्तासँग सरोकार राख्ने निकायका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनीले बजार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुने जानकारी दिए।

‘चाडपर्व लक्षित बजार अनुगमन हुन्छ, यसअघि वाणिज्य विभाग एक्लैले अनुगमन गर्दै आएको थियो,’ मरासिनीले भने, ‘अब उपभोक्तासँग सरोकार राख्ने सबै विभागका प्रतिनिधि सम्मिलित टोली बनाएर अनुगमनमा पठाइने छ।’

वाणिज्य सचिव नेतृत्वको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकारसमेत प्रत्यायोजन गरेको छ। ‘बजार अनुगमन गर्न ‘म्यान्डेड’ दिइएको छ, ७५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था मिलाइएको छ,’ उनले भने।

प्रकाशित: १९ भदौ २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =