स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न दिइएन : सुनिता डंगोल

हिमाल प्रेस १ चैत २०७९ १५:००
4
SHARES
स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न दिइएन : सुनिता डंगोल

काठमाडौँ– महानगरपालिकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकारले उपप्रमुखलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न नदिएको बताएकी छन्।

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

ऐनले स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको उनको भनाइ छ।

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन्।

काठमाडौँ महानगरले बजार अनुगमनको अधिकार उपमेयरलाई दिएको र यसलाई तीव्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको उनले बताइन्।

उनले स्थानीय तहलाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरू झेल्नुपरेको बताइन्।

उनले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनको निम्ति संघ प्रदेश सरकारसँग समन्वय गरिरहेको उल्लेख गरिन्।

डंगोलले तीनै तहमा सहकार्य समन्वय गरेर सह-अस्थित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कतव्यहरू दोहोरो रहेको जनाइन्। उनले दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अफ्ठ्यारो भएको बताइन्।

उनले उपभोक्ताहरूको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कतव्यलाई नीतिगत रूपमा नै सुधार गर्नुपर्ने आजको आवश्यक रहेको जनाइन्।

बजार अनुगमन व्यक्तिगत भन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने बताउँदै उनले महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नको लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =