ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकार बनिन् सांसद

हिमाल प्रेस २५ वैशाख २०८० १६:२६
12
SHARES
ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकार बनिन् सांसद

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाएको छ। यसअघि रास्वपाबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकारलाई  सांसद बनाइएको हो।

विन्दवासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको थियो। निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र लिइसकेकी छन्। उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र आइतबार बुझेको आयोगले जनाएको छ।

आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ।

सर्वोच्च अदालतले सोमबार नै ढाकाकुमार श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश तिलकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेस गर्न पनि अदालतले भनेको छ।

मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =