२० एसएसपीले लगाए दर्ज्यानी चिह्न

हिमाल प्रेस २५ वैशाख २०८० १५:१६
490
SHARES
२० एसएसपीले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ- नेपाल प्रहरीका २० एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले एसपीबाट बढुवा भएर एसएसपी भएका २१ मध्ये २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

बढुवा समितिको सिफारिसअनुसार वैशाख २४ गते २१ जना एसपीहरूको एसएसपीमा बढुवा भएको थियो।

दर्ज्यानी चिह्न लगाउनेहरूमा प्रशासनतर्फ विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन छन्। त्यस्तै प्राविधिकतर्फका डा. संज्ञा मल्ल, डा. दिवा शर्मा र डा. आषिश दत्तले दर्ज्यानी चिह्न लगाएका हुन्। एसएसपी भएकी गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा रहेकोले उनी अनुपस्थित भइन्।

प्रहरीले छिटै एसपीको पनि बढुवा निकाल्दै छ।

२२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू

 

प्रकाशित: २५ वैशाख २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =