२२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू

हिमाल प्रेस २४ वैशाख २०८० १८:३३
8.3k
SHARES
२२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवाको तयारी सुरु गरेको छ। एसएसपी बढुवामा आफ्नो नाम नपरेपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएपछि अहिले एसपीका २२ पद रिक्त छ।

१८ जना एसपी बढुवा भएर एसएसपी बनेको, तिम्सिनाले राजीनामा दिएको र त्यसअघि नै ३ एसपी पद रिक्त रहेको गरी २२ पद रिक्त भएको हो।

वैशाख १५ गते बढुवाका लागि सिफारिस भएकाहरूले सोमबार (भोलि) एसएसपीको दर्ज्यानी चिह्न लगाउँदैछन्। उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएर आईजीपी बसन्तबहादुर कुँवर केही दिनका लागि विदेश भ्रमणमा जाँदैछन्। रिक्त २२ पद उनी फर्केपछिमात्रै पूर्ति हुनेछ। तर प्रहरी प्रधान कार्यालयले आईजीपी नहुँदा पनि यसका लागि तयारी भने जारी रहने जनाएको छ।

डीएसपीबाट एसपी बन्ने प्रतिस्पर्धामा राम घर्ती, राजेश थापा, हरिहरनाथ योगी, अपिल बोहरा, गौतम केसी, बसुन्धरा खड्का, रवीन्द्र सिंह, अंगुर जीसी, चित्रबहादुर गुरुङ, गोविन्द पुरी, नवराज कार्की, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, कुमोध ढुंगेल, भावेष रिमाल, सन्तोष आचार्य, नारायण चिमरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा, राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काफ्ले, यादव ढकाल, प्रदीपकुमार क्षेत्री, ढकेन्द्र खतिवडा, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, रविन कार्कीलगायत छन्।

प्रकाशित: २४ वैशाख २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =