स्वास्थ्यमन्त्रीको छड्के, मन्त्रालयमै भेटिएनन् सचिव

हिमाल प्रेस २५ वैशाख २०८० १३:२८
38
SHARES
स्वास्थ्यमन्त्रीको छड्के, मन्त्रालयमै भेटिएनन् सचिव

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र विभिन्न विभागमा सोमबार आकस्मिक अनुगमन गरेका छन्। उनको अनुमगनमा सचिवद्वय देवकुमारी गुरागाईं र रोशन पोखरेल कार्यालयमा भेटिएनन्।

मन्त्री बस्नेत समयमा कर्मचारी आए-नआएको अनुगमन गर्न बिहान साढे ९ बजे मन्त्रालय पुगेका थिए। सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको हो।

समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए। मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि मन्त्री टेकुस्थित विभिन्न विभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए।

मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैँबाट गर्नुपर्ने भएकाले मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताए। उनले समयमा नै कार्यालय पुग्ने कर्तव्य राष्ट्रसेवक कर्मचारीहरूको भएकाले यस विषयलाई कडाइका साथ लागू गर्ने धारणा राखे।

‘यो अभियान यत्तिकै रोकिँदैन मन्त्रालयमा मात्रै नभएर प्रदेश स्थानीय तहको वडासम्म स्वास्थ्य मन्त्रालयसँग जोडिएका सबैको निरीक्षण हुनेछ,’ उनले भने, ‘जनताको कामलाई नजरअन्दाज गरेर समयमा कार्यलाई नपुग्ने कर्मचारीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत पनि गर्नेछौँ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =