रमेशजंग रायमाझीको अभिव्यक्तिमा एमालेको नियमापत्ति

हिमाल प्रेस २५ वैशाख २०८० ११:२६
4
SHARES
रमेशजंग रायमाझीको अभिव्यक्तिमा एमालेको नियमापत्ति

काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभाको आज (सोमबार) को बैठकमा सुरुमै नियमापत्ति जनाएको छ। आइतबारको बैठकमा कांग्रेसका राष्ट्रियसभा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै एमालेले नियमापत्ति जनाएको हो।

रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘जट्केलो छोरो’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर एमालेले नियमापत्ति जनाएको हो। बैठकमा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम विरुद्धमा रहेको भए मंगलबारको बैठकमा जानकारी गराउने प्रतिबद्धता जनाए।

प्रकाशित: २५ वैशाख २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =