नागरिकताका विषयमा राजनीति नगरौँ : रञ्‍जुकुमारी झा

हिमाल प्रेस २४ वैशाख २०८० १७:०१
14
SHARES
नागरिकताका विषयमा राजनीति नगरौँ : रञ्‍जुकुमारी झा

काठमाडौँ- सांसद रञ्‍जुकुमारी झाले नागरिकताको विषयमा राजनीति नगर्न आग्रह गरेकी छन्। आइतबार संसद्को विशेष समयमा बोल्दै झाले नागरिकताविहीन व्यक्तिलाई नागरिकता दिलाउने विषयमा सबै एकजुट हुनुपर्ने बताएकी हुन्।

झाले भनिन्, ‘नागरिकताको विषयमा पक्ष, विपक्ष नभई सबै मिलेर अगाडि बढ्नुपर्छ।’ उनले संविधानसम्मत कानुन बनेको र त्यही आधारमा बनेको नागरिकता विधेयक राष्ट्रघाती हुन नसक्ने बताएकी छन्।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भन्दै झाले भनिन्, ‘सदनले पारित गरेको विधेयक संविधान सम्मत र कानुन सम्मत हुन्छ। यसकारण राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ।’ सदनले पारित गरेको कुरा राष्ट्रपतिले रोक्न नमिल्ने र जसरी पनि प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २४ वैशाख २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =