चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

हिमाल प्रेस ३ साउन २०८० १२:१४
6
SHARES
चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता सांकेतिक तस्बिर।

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत ४ जनाले नागरिकता लिएका हुन्।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार ८ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्।

यस्तै १३ हजार ६ सय ५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए।

सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ। १ हजार ७ सय ५ जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेको भनाइ छ।

कार्यालयको तथ्यांकअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार ४ सय ४७ जनाले विवरण बुझाएका छन्। गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार ५ सय ६५ जनाले राहदानी सिफारिस लिएका छन्।

कार्यालयले १३ करोड ३३ लाख २२ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट १३ करोड ७ लाख ९० हजार रुपैयाँ संकलन भएको छ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत ४ लाख ४२ हजार तथा बेरुजुबापत ९ हजार संकलन भएको न्यौपानेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =