५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता : रिपोर्ट

हिमाल प्रेस २९ माघ २०८० १६:१७
10
SHARES
५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता : रिपोर्ट

वासिङ्टन- सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले अमेरिकी नागरिकता लिएका छन्। यो संख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो संख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ।

रिपोर्टअनुसार गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए। योमध्ये नयाँ नागरिकहरूको कुल संख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन्।

रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए। अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ।

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति/पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने यूएससीआईएस रिपोर्टले जनाएको छ।

गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आईएनए धारा ३१६ क अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ क अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए। गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात वर्ष एलपीआरका रूपमा बिताएका थिए।

यसबाहेक अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको संख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग ओगटेको छ। रासस/एएनआई

प्रकाशित: २९ माघ २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =