ठूला दलका नेतालाई राप्रपाका लोहनीले भने : लुटेराका छाउरा

हिमाल प्रेस २४ वैशाख २०८० १६:०२
64
SHARES
ठूला दलका नेतालाई राप्रपाका लोहनीले भने : लुटेराका छाउरा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्ना पार्टीका नेता कार्यकर्तालाई ठूला दलका नेताहरूले सामन्तवादका छाउरा भनेको भन्दै आपत्ति जनाएका छन्। पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको पहिलो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ठूला दलका नेताहरूलाई लुटेराका छाउरा भनेका हुन्।

‘अस्ती एक जना नेताले भनेका रहेछन् नि यी पुराना सामन्तवादका छाउराहरू हुन् भनेका रहेछन्। मलाई के भन्न मन ल्याग्यो भने–तिमीहरू लुटेराका छाउराहरू हौ। त्योभन्दा बढ्ता केही होइनौ अहिले। यो देशलाई लुट्न आएका लुटेराका छाउराहरू।’

उनले देश लुट्ने लुटेराहरूविरुद्ध, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राप्रपालाई अघि सार्न सबै लाग्नुपर्ने बताए। त्यस्तै उनले पार्टीको दृष्टिकोण र अडान संवैधानिक राजसंस्था एवम् हिन्द‍ू धर्म भएको दोहोर्‍याए।

प्रकाशित: २४ वैशाख २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =