सरकार परिवर्तनकाे हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव

हिमाल प्रेस २३ वैशाख २०८० १७:३०
2
SHARE
सरकार परिवर्तनकाे हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै आफ्नो पार्टी यही सरकारको निरन्तरताको पक्षमा रहेको बताएका हुन्।

रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्नुपर्ने बताए। अहिलेको सरकारमा ‘कम्फटेबल मेजरिटी’ भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई खासै फरक नपर्ने उनको भनाइ थियो।

राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरूले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनले बताए। ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने तथा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो,’ उनले भने, ‘त्यसका लागि सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको पनि हित हुँदैन।’

दिनैपिच्छे सरकार परिवर्तनका कुरा गरिराख्नु गलत रहेको उनको भनाइ थियो। ‘गल्ती कहाँ छ? त्यहाँ सच्याएर अघि बढने बेला हो,’ उनले भने।

प्रकाशित: २३ वैशाख २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =