८ हजार नेपाली नागरिकलाई भारतले खाना पकाउने ग्यास दिँदै

हिमाल प्रेस २१ वैशाख २०८० १८:२७
4
SHARES
८ हजार नेपाली नागरिकलाई भारतले खाना पकाउने ग्यास दिँदै

काठमाडौँ- महोत्तरीका ५ नगरपालिकाका विपन्न परिवारलाई भारतले ग्यास चुलाे उपलब्ध गराउने भएको छ। भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत ८ हजारभन्दा बढी नागरिकलाई ग्यास चुलाे र सिलिण्डर वितरण गर्न लागिएको भारतीय दूतावासले जानकारी दिएको छ।

बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै भारतीय दूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनमार्फत उक्त सहयोग गर्न लागेको बताएको हो।

दाउरा, कोइला, गुँइठालगायतका परम्परागत इन्धनमा निर्भर रहेकाहरूलाई ग्यास चुलाे र ग्यास सिलिण्डर वितरण गर्न लागिएको हो। उक्त अनुदान सहयोगका लागि ५ करोड रुपैयाँ लागत लाग्ने दूतावासको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =